महिलालाई ‘बोक्सी’ भन्दै मलमूत्र खुवाउने पारो पक्राउ

काठमाडौं । महिलालाई बोक्सीको आरोप लगाउँदै मानव मलमूत्र खुवाएको आरोपमा बुढीगंगा गाउँपालिका- ७ की ५० वर्षीया पारोदेवी माझी पक्राउ परेकी छन् ।

बोक्सीको आरोप लगाएर महिलामाथि अमानवीय व्यवहार गर्ने बुढीगंगा सातकी माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । पक्राउ परेकी महिला गाउँ घरमा धामीझाँक्रीको काम गर्दै आएकी छन् ।

उनले मोरङको बुढीगंगा गाउँपालिका- ७ मा कुटपिट र यातना दिँदै ५५ वर्षीया महिलालाई बिहीबार दिउँसो मानव मलमूत्र खुवाएको प्रहरीले जनाएको छ । माझीको घरमा अष्टजाम पूजामा प्रयोग गरेको दियो हराएपछि पीडित महिलालाई चोरीको आरोप लगाउँदै यातना दिइएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस