भित्री बस्त्र र पाइन्टभित्र लुकाएर ल्याएको सुनसहित २ महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका–१ की ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ की २६ वर्षीया उर्मिला मगर रहेका छन् । भन्सार छलि अवैध रूपमा लैजान लागेको अवस्थामा बुधबार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

हिमालयन एयरलाइन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा ११.६४ ग्राम तौलको सुनको बेरुवा औंठी १ थान र करिब ५८.३२ ग्राम तौलको सुनको ब्रासलेट १ थानसहित पक्राउ गरिएको हो।

यसैगरी हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाइन्ट भित्र लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मूर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको गरिएको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौँ । बारा, जितपुरसिमरा उपमहानगरपालिका–३ बजनि चोकस्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको …

प्रतिकृया दिनुहॊस