आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौं । नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । आइसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको पहिलो खेलमा नामिबियाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १३३ रनको लक्ष्य पछाएको नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३, ललित राजवंशीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४१.१ ओभरमा १३२ रन बनाएर अलआउट भएको थियो । नेपालका भीम सार्कीले सर्वाधिक ४४ रन बनाएका थिए । त्यस्तै गुलशन झाले २१, कुशल मल्लले १५, पवन सराफले १२, अनिल शाहले ८, करण केसीले १६, आसिफ सेखले ४, सोमपाल कामीले २, कप्तान रोहित पौडेलले १ रन बनाएका थिए ।

नामिबियाका बलर गेर्हार्ड एरासमसले सर्वाधिक ५ विकेट लिएका थिए भने रुबेन ट्रम्पेलम्यान र ज्याक ब्रासेलले २-२ विकेट लिएका थिए । त्यस्तै जान निकोलले एक विकेट लिएका थिए । योसँगै लिग-२ मा नामिबियाले २ महत्त्वपूर्ण अंक हासिल गरेको छ । अब यस सिरिजको अर्को खेल आगामी शनिबार नेपाल र नेदरल्याण्डसविरुद्ध हुने तालिका रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कप्तान सुनील क्षेत्रीले लिए सन्न्यास

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् …

प्रतिकृया दिनुहॊस