मैतीदेवीमा दुई किशोरीमाथि छुरा प्रहार

काठमाडौँ । काठमाडौँको मैतीदेवीमा दुई जना किशोरीमाथि छुरा प्रहार गरेको छ । छुरा प्रहारबाट ललितपुर घर भएकी शान्ति भण्डारी र गोरखा घर भएकी विमला बयलकोटी घाइते भएका छन् ।

शान्तिको टाउकोमा र विमलाको घाँटीमा चोट लागेको छ । भारतको राजस्थान घर भएर मैतीदेवी बस्ने युवकले छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

माघ २४ मा साँझको घटना भए पनि प्रहरीले घटनाबारे सार्वजनिक गरेको छैन । घटना युवकको कोठामा भएको हो । छुरा प्रहारमा संलग्न युवक भारतबाट आएको र विवाद भएपछि छुरा प्रहार गरेर भागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए ।

छुरा प्रहारको कारणबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको छ । बुधबार उपसमितिले विवाहको उमेर १८ वर्षमा झार्न सुझावसहितको प्रतिवेदन पेस गरेको हो ।

प्रतिकृया दिनुहॊस