काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । सोमबार विभागको कार्यालय मीनभवनमै रिजालमाथि दुर्व्यवहार भएको हो ।
लाइसेन्स घोटाला प्रकरणमा छानबिन गरेको विषयलाई लिएर आफूमाथि दुर्व्यवहार भएको उनले बताए । स्रोतका अनुसार क्रान्तिकारी युवा संगठनले दुर्व्यवहार गरेको हो ।
दुर्व्यवहार गर्ने युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहॊस