नेपाल र क्यानडाबीचको क्रिकेट डिसहोम गो’मा पनि

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा विहीबारदेखि काठमाडौंमा हुन लागेको नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने छ । तीन खेलको सिरिजका लागि क्यानेडियन टोली पनि काठमाडौं आइसकेको छ ।

नेपाल र क्यानडाबीचको खेल प्यारापिटमै बसेर हेर्नका लागि कीर्तिपुर पुग्नु पर्ने छ । तर, मैदानमा हेर्न पनि नजानेहरुका लागि विकल्प पनि रहेको छ । त्यो विकल्प भनेको डिस होम हो । नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज डिशहोम गो एप्समा एचडी क्वालीटिमा मोबाइलमै हेर्न सकिने छ भने टेलिभिजनमै हेर्नका लागि डिसहोमकै एक्सन स्पोर्टस एचडी वान पनि रहेको छ ।

डिसहोमले यसअघि पनि क्रिकेट, फुटबल भलिबल जस्ता नेपालका चर्चित खेलहरु प्रशारण गरिसकेको छ । हालै डिसहोमबाट पोखरामा भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता पनि प्रत्यक्ष प्रशारण भएको थियो । नेपाल र क्यानडाबीचको पहिलो एक दिवसीय क्रिकेट विहीबार विहान सवा ९ बजेदेखि सुरुहुने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन …

प्रतिकृया दिनुहॊस