मोटरसाइकल दुर्घटना हुँदा वडा कार्यालयका कर्मचारीको मृत्यु

काठमाडौं । मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका वडा नम्बर ३ का कर्मचारी ३२ वर्षीय मनोजकुमार विश्वास रहेका छन् ।

ग्रामथान गाउँपालिका-२ सुखानी खोला छेउस्थित सडकमा को२३प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हुँदा कटहरी गाउँपालिका-७ का विश्वासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछापमा फोर्स गाडी दुर्घटना : पाँच जनाको घटनास्थलमै मृत्यु, तीन गम्भीर

काठमाडौं । रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा पाँच जनाले मृत्यु भएको छ । आठ जना …

प्रतिकृया दिनुहॊस