गगन थापाको संवाद यात्रा स्थगित (भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘मेची महाकाली संवाद यात्रा’ तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराति निधन भएकाले संवाद यात्रा स्थगित गरिएको हो ।

झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरेका छन् ।

झापाबाट यही माघ १३ गते सुरु भएको संवाद यात्रा हुलाकी मार्ग हुँदै नवलपरासीको गोपीगन्जसम्म पुगेको थियो। उनको यो संवाद यात्रा यही २६ गते धनगढीमा पुगेर समापन गर्ने कार्यक्रम रहेको थियो ।

उनले नेपाली कांग्रेसले सञ्चालन गरेको समुदायमा कांग्रेस अभियान अन्तर्गत नै आफ्नो मेची महाकाली संवाद यात्रा सञ्चालन गरेका थिए । उनले यात्राका क्रममा स्थानीय बासिन्दासँग विकास निर्माण, स्थानीय समस्या र असल अभ्यासका बारेमा छलफल गर्दै आएका छन् । स्थगित भएको कार्यक्रम पछि समय मिलाएर निरन्तरता दिइ समापन गर्ने उनको सचिवालयले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस