काठमाडौं । नेपाली महिला फुटबलर सावित्रा भण्डारी उर्फ साम्बा फ्रेन्च क्लबबाट खेल्ने भएकी छन् । साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब एना भान गुइनगाम्पबाट खेल्ने भएकी हुन् ।
गुइनगाम्पले यस सिजनको बाँकी समयका लागि अनुबन्ध गरेको जानकारी दिएको छ । फ्रेन्च क्लबमा अनुबन्ध भएपछि साम्बाले प्रतिक्रिया दिँदै आफू उत्साहित बनेको बताएकी छन् । साम्बाले गुइनगाम्पमा आफ्नो मेडिकल समेत पुरा गरिसकेकी छन् ।
उनले यसअघि इजरायलको लिग खेलेकी थिइन् । गुइनगाम्प हाल फ्रान्सको शीर्ष श्रेणीको महिला लिग डिभिजन वान फेमिनाइनमा १२ खेलबाट ८ अंकसहित १०औं स्थानमा रहेको छ । गुइनगाम्पको अर्को खेल शनिबार रहेको छ ।
प्रतिकृया दिनुहॊस