अब माधव नेपाललाई प्रधानमन्त्री बनाऔँ : शशाङ्क कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन आग्रह गरेका छन् ।

बिहीबार नवलपुरको कावासोतीमा नेपाल प्रेस युनियनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनको पूर्वसहमतिअनुसार माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउनुपर्ने बताएका हुन् । ‘यो सरकारसँग कोही पनि खुसी छैनन् । यो भनेको अब प्रचण्ड नेतृत्वको सरकार असफल भयो भन्ने हो । त्यसैले कुनै ढिलो नगरी पूर्वसहमतिअनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनुपर्छ’ उनले भने ।

यसअघि बुधबार दाङमा आयोजित एक कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले पनि माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका थिए । गठबन्धनमा २ वर्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि एक वर्ष माधवकुमार नेपाल र चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति भएकाे थियाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज सोचेको आँटेको काममा फाइदा मिल्नेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । मनोरञ्जनमा सहभागिता भइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस