नेपाल बैंकमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफको लगानी, कसको कति सेयर स्वामित्व

काठमाडौं । नेपाल बैंकमा कर्मचारी सञ्चय कोष र प्रभु लाइफको पनि सेयर स्वामित्व रहेको छ । सरकारसहित २ कम्पनी (सञ्चय कोष र प्रभु लाइफ)को सबैभन्दा धेरै सेयर स्वामित्व रहेको हो ।

बैंकको वार्षिक प्रतिवेदन अनुसार नेपाल सरकारको ५१ प्रतिशत अर्थात् ७ अर्ब ४९ करोड ३९ लाख ५१ हजार ७ सय रुपैयाँ सेयर स्वामित्व छ । बैंकमा कर्मचारी सञ्चय कोषको ३.६४ प्रतिशत अर्थात् ५३ करोड ४८ लाख २३ हजार ७ सय रुपैयाँ लगानी रहेको बताइएको छ ।

प्रभु लाइफ इन्स्योरेन्सको ०.९६ प्रतिशत अर्थात् १४ करोड १५ लाख ३ हजार ६ सय रुपैयाँ लगानी रहेको छ । सर्वसाधारण सेयरधनीको ४९ प्रतिशत सेयर स्वामित्व छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री