इण्डियन आइडलको उत्कृष्ट १० मा पुगिन् मेनुका पौडेल

काठमाडौं । नेपालकी गायिका मेनुका पौडेल इण्डियन आइडल १४ औं सिजनको अन्तिम १० मा प्रवेश गरेकी छन् । आइतबार बेलुकाको एपिसोडबाट मेनुका टप टेनमा प्रवेश गरेकी हुन् ।

बटम थ्रीमा परेका पियुष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिइन् । योसँगै इण्डियन आइडलमा अन्तिम १० को समीकरण तयार भएको छ । मेनुका उत्कृष्ट १० मा परेको घोषणा आइतबारको एपिसोडबाट भएको हो ।

उक्त एपिसोडमा आगामी फिल्म ‘फाइटर’ प्रवर्द्धनका लागि अभिनेता ऋतिक रोशन पुगेका थिए । ऋतिक अभिनित फिल्मका गीत गाएर एपिसोड विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगान समेत गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after