घाँस काट्दा रुखबाट खसेकी रितुको मृत्यु

काठमाडौं । कैलालीमा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ लठुवाकी १७ बर्षीया रितु थापा रुखको घाँस काट्ने बेला रुखबाट खसेकी थिइन् ।

रुखबाट खसेर अचेत अवस्थामा भेटिएकी उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको रितुका आफन्त मिलन बुढाले जनाकारी दिए ।

थापा मंगलबार दिउँसो ३ बजेतिर घाँस नजिकैको जङ्गलमा गएकी थिइन् । उनको पुर्ख्यौली घर अछामको ढकारी गाउँपालिका हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप