ग्यासको सिलिण्डर पड्किँदा ५० वर्षीय मनिषको मृत्यु

काठमाडौं । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार आफ्नै कोठामा खाना बनाउने क्रममा ग्यास चुहावट भएर सिलिण्डर पड्किँदा थापाको सोमबार मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ ।

स्थानीय अविनाश फटिलाइजर कम्पनीको हातभित्र आगलागी भएको हो । घटनाको थप अध्ययन भइरहेको उनले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस