नेपाल एयरलाइन्सले अलपत्र २७६ यात्रुलाई साँझ दोहा पठाउने

काठमाडौं  वाइड बडी जहाज बिग्रिएपछि अलपत्र परेका यात्रुका लागि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साँझ उडान गर्ने भएको छ । सोमबार राति काठमाडौं-दोहा उडान रद्द भएपछि अलपत्र परेका २७६ यात्रुलाई मंगलबार साँझ साढे ७ बजेको उडानमा पठाउने तयारी गरिएको हो ।

यही जहाजले दोहामा अलपत्र परेका २५४ यात्रुलाई काठमाडौं ल्याउने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘सोमबार हाम्रो जहाजमा प्राविधिक समस्या आएर यतै रहनुभएका यात्रुलाई आज साँझ ७ः३० बजे दोहा पठाउने तयारी गरेका छौं,’ उनले भने, ‘प्राविधिक समस्या आएको वाइडबडी जहाज अहिले मर्मत भइरहेको छ ।’

सोमबार राती उडान गर्ने समयमा जहाजको फ्लाइट कन्ट्रोल सेन्सरमा समस्या आएपछि काठमाडौं र दोहामा ५३० यात्रु अलपत्र परेका थिए । अन्तर्राष्ट्रिय उडानका लागि एनएसीसँग ४ वटा जहाज रहेकामा २ वटा ग्राउण्डेड हुँदा नियमित उडान प्रभावित भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पार्टी कार्यालय आउन कार्यकर्तालाई रास्वपाको सर्कुलर, आन्तरिक छलफलमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्ने भएपछि आकस्मिक बैठक बोलाइएको छ …

प्रतिकृया दिनुहॊस