काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ २६ पैसम, डिजल प्रतिलिटर ८३ पैसाले घटेर आएपछि मूल्य घटाइएको हो ।
निगमले घटेको मूल्य आजदेखि लागू भएको जनाएको छ । निगमका अनुसार चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका लागि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६३ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेल १ सय ४३ रुपैयाँ ५० पैसा कायम भएको छ ।
सुर्खेत र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय ६५, डिजल र मट्टितेल प्रतिलिटर १ सय ५५ कायम भएका भएको छ । साथै काठमाडौँ, पोखरा र दीपायलका लागि पेट्रोल प्रतिलिटर १ सय ६६, डिजल र मट्टितेल १ सय ५६ कायम भएको छ ।
तपाईंको प्रतिकृया




