महालक्ष्मी विकास बैंकको कामु सीइओमा लम्साल

काठमाडाैं । महालक्ष्मी विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । शनिबार बसेको संचालक समितिको बैठकले माघ १ गतेदेखि लागु हुने गरि हाल बैंकमा बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहेका लम्साललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले राजीनामा दिएपछि बैंकले लम्साललाई कामुको जिम्मेवारी दिएको हो । देवकोटाले विविध व्यक्तिगत कारण देखाउदै पदबाट राजीनामा दिएको बैंकले जनाएको छ । बैंकको पुस २८ मा बसेको संचालक समितिको बैठकले माघ १ देखि लागु हुने गरि उनको राजीनामा स्वीकृत गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री