सासू-ससुरा र दुई सन्तानसँगै बिते वरिष्ठ बालरोग विशेषज्ञ डा. गौतम

काठमाडौं । काठमाडौँको चन्द्रागिरिस्थित सेतो पहरामा भएको कार दुर्घटनामा वरिष्ठ बालरोग विशेषज्ञ डा. महेशकुमार गौतमको मृत्यु भएको छ । लाजिम्पाटस्थित नेपाल आस्थमा एलर्जी सेन्टरमा कार्यरत विशेष डाक्टर गौतम आफैले चलाएको कार शनिबार दुर्घटना हुँदा उनीसहित पाँच जनाको मृत्यु भएको हो ।

पारिवारिक स्रोतकाअनुसार उनी पृथ्वीजयन्तीका अवसरमा बिदा पारेर सम्पूर्ण परिवारसहित घुम्न निस्केका थिए । उनले पृथ्वीजयन्ती अर्थात् राष्ट्रिय एकता दिवसका अवसरमा परिवारसहित घुम्न गएका तस्बिर सामाजिक सञ्जालमा शेयर गरेका थिए । उनी घरबाट घुम्न त गए, तर शनिबारको मध्यदिन उनको आफन्त र तमाम संगी-साथीहरूको लागि कालो दिन बनेर आयो ।

उनले चलाएको प्र.३-०१-२३ च ६९८५ नम्बरको कार काठमाडौंबाट चित्लाङतर्फ गइरहेको अवस्थामा चन्द्रागिरि नगरपालिकाको पानीघाटभन्दा माथि सेतोपहरास्थित सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा उनीसहित उनका दुई सन्तान र सासू-ससुराले ज्यान गुमाए । कहालीलाग्दो दुर्घटनामा डा. गौतमसहित चार जनाले घटनास्थलमै ज्यान गुमाएका थिए भने उनकी छोरी स्मारिका गौतमको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा निधन भएको हो ।

दुर्घटनामा कारमा सवार काठमाडौं महानगरपालिका ३० मैतीदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारीको मृत्यु भएको छ । उनी गौतमका सामु ससुरा हुने । उनकी ४ वर्षीय छोरा प्रियान्स र ६ वर्षीया छोरी स्मारिकाको पनि मृत्यु भएको छ । दुर्घटनामा डा. सृष्टि तिवारी गौतम भने घाइते छिन् । उनको बयोधा अस्पतालमा उपचार भइरहेको छ । डा सृष्टि क्यान्सर रोग विशेषज्ञ हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस