सांकेतिक तस्बिर

पाँच महिनामै अध्ययन र भ्रमणमा बिदेसियो १ खर्ब २३ अर्ब

काठमाडौँ । अध्ययन र भ्रमणका लागि ५ महिना मुलुकबाट १ खर्ब २३ अर्ब बिदेसिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा सो बराबरको रकम बाहिरिएको हो ।

अध्ययन र भ्रमणकै लागि अघिल्लो वर्षको सोही अवधिमा ८४ अर्ब रुपियाँ बाहिरिएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्षको ५ महिनामा अध्ययन र भ्रमणका लागि मात्र थप ३९ अर्ब रुपियाँ बाहिरिएको छ । श्रम तथा अध्ययनका लागि बिदेसिनेको सङ्ख्या बढ्दा यसबापत बाहिरिने रकम पनि बढ्न थालेको तथ्याङ्कले पुष्टि गर्छ । साउनदेखि मङ्सिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड बाहिरिएको छ । गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड बाहिरिएको थियो ।

यस वर्ष समीक्षा अवधिमा ४७ अर्ब ३४ करोड अध्ययनका लागि बाहिरिएको छ भने गत वर्ष सोही अवधिमा २८ अर्ब ८० करोड बाहिरिएकोे राष्ट्र बैंकले जनाएको छ । अध्ययन र भ्रमणका लागि नेपालबाट पछिल्लो पाँच महिनामा बाहिरिएको कुल रकम नेपालले वस्तु निर्यातबाट गरेको कुल आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो ।

यस अवधिमा नेपालले ६२ अर्ब रुपियाँको मात्र निर्यात गरेको थियो । त्यस्तै विदेशीले नेपालमा भ्रमणबापत गर्ने खर्चको तुलनामा भ्रमणबापत बाहिरिने रकम दोब्बरभन्दा बढी रहेको देखिन्छ । ५ महिनामा नेपालले भ्रमणबापत ३३ अर्ब ९४ करोड आम्दानी गरेको छ जुन् भ्रमणबापत बाहिरिने रकमको तुलनामा करिब ४२ अर्ब कम हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक …

प्रतिकृया दिनुहॊस