भाटभटेनीको मेगा कार्निभल : शारदा राजवाहकले जितिन् कार

काठमाडौं । भाटभटेनी सुपरमार्केटको विशेष उपहार योजनाका विजेता सार्वजनिक भएका छन् । शुक्रबार नक्सालस्थित भाटभटेनीमा आयोजित समारोहमा भाटभटेनी ग्रेट कार्निभलका विजेता सार्वजनिक भएका हुन् ।

यसअन्तर्गत भक्तपुर मध्यपुरठिमीकी शारदा राजवाहकले कार जितेकी छन् । अक्टोबर १४ देखि डिसेम्बर ३१ सम्म चलेको यो योजनामा २५ सय रुपैयाँभन्दा बढीको सामान खरिद गरेका भाटभटेनीका ग्राहकहरू भौचर भरेर संलग्न भएका थिए । १८ लाख सहभागीमध्ये शुक्रबार लक्की ड्रमार्फत उनले टाटाको टिगोर कार जितेकी हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले समारोहमै १८ लाखमध्ये एउटा चिठ्ठा छानेका थिए । तीनजनालाई इलेक्ट्रिक स्कुटर गुड ग्ल्याम ग्रुप विनरअन्तर्गत अनामनगरका अजय रौनियारले विद्युतीय स्कुटर जितेका छन् । यस्तै, टोखाका सुमित तामाङ र भक्तपुरका मिथु सत्यालले पनि इलेक्ट्रिक स्कुटर जितेका छन् ।

भाटभटेनीबाट सर्फ एक्सेल खरिद गर्नेमध्ये चार जनाले वासिङ मेसिन जितेका छन् । भाटभटेनीको कलंकी स्टोरबाट सर्फ एक्सेल खरिद गरेका सक्षम मगरले वासिङ मेसिन जितेका छन् । कोटेश्वर स्टोरबाट विष्णुमाया खड्का, भक्तपुर स्टोरबाट सोभित थापा र टंगाल स्टोरबाट ज्योति प्रजापतीले वासिङ मेसिन जितेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोयल इनफिल्ड वान राइड-२०२४ सम्पन्न

काठमाडौँ । पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले वान राइड २०२४ …

प्रतिकृया दिनुहॊस