साँगामा बाइकले थिचिएको अवस्थामा मृत भेटिइन् कोटेश्वर बस्ने युवती

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवतीको मृत्यु भएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मृत्यु हुने युवती नवलपरासीको कावासोती घर भई काठमाडौंको कोटेश्वर बस्ने २२ वर्षीया ममता सुवेदी रहेको खुलेको छ ।

बुधबार अराह्न भक्तपुरको सूर्यविनायक नगरपालिका-९, पलासे फन्डभ्याली नजिक मोटरसाइकल दुर्घटना भएर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार युवतीलाई मोटरसाइकलले थिचेको सूचनापछि प्रहरी वृत्त जगातीको टोली घटनास्थल पुगेको थियो । साँगाबाट जगातीतर्फ बाटोको साइडमा हाइवेबाट करिब ३० फिट तल खसेको प्रदेश २-०३-०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकलले युवतीलाई थिचेको हो ।

प्रहरी घटनास्थल पुग्दा दुवै पांग्रा उत्तानो परेको मोटरसाइकलले थिचिएकी युवतीको मृत्यु भइसकेको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हामी नेपाल-भारत सम्बन्धलाई अझ गति दिन चाहन्छौं : नरेन्द्र मोदी

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र क्वाडको …

प्रतिकृया दिनुहॊस