शिवम् सिमेन्टले पारित गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडाैं । शिवम् सिमेन्टको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभाले आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

आर्थिक वर्ष २०७९–८० सम्मको सञ्चित मुनाफाबाट (सेयर प्रिमियम बापतको रकम यथावत रूपमा कम्पनीमा नै सञ्चित राखी) अन्य सञ्चित रकमबाट सेयरधनीलाई चुक्ता पुँजी ४ अर्ब ४० करोड रूपैयाँको १४.२५ प्रतिशतका दरले बोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) नगद लाभांश सहित कुल १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ।

हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पुँजी ४ अर्ब ४० करोड रूपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि कम्पनीको जारी तथा चुक्ता पुँजीमा वृद्धि भई ५ अर्ब २ करोड ७० लाख रूपैयाँ कायम हुनेछ।

शुक्रबार राष्ट्रिय सभागृह, प्रर्दशनी मार्ग, काठमाडौंमा सम्पन्न कम्पनीको आठौं साधारण सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्यमा कीर्तिमानमाथि कीर्तिमान, पुग्यो १ लाख ५९ हजार

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा नयाँ कीर्तिमान बनाएको छ । आइतबार बढेको …

प्रतिकृया दिनुहॊस