बिगमार्टले ल्यायो ‘बिगमार्ट कार उपहार उत्सव’

काठमाडाैं । बिगमार्टले यस जाडो मौसमलाई मध्यनजर गर्दै ‘बिगमार्ट कार उपहार’ उत्सव ल्याएको छ। यस उत्सव अन्तर्गत कम्पनीले माघ १ गतेदेखि फागुन १५ गतेसम्म हरेक सामानको खरिदमा आकर्षक छुट तथा उपहारहरूको व्यवस्था गरेको छ।

जसमा बम्पर पुरस्कार अन्तर्गत भाग्यशाली एक जना ग्राहकलाई टाटा टियागो कार, एक जाना भाग्यशाली ग्राहकलाई एउटा यमाहा रे–जेड स्कुटर, भाग्यशाली पाँच जना ग्राहकहरूलाई ५ वटा स्मार्टफोन, १० भाग्यशाली ग्राहकहरूलाई जनही पाँच हजार रूपैयाँ बराबरको किनमेल भौचर प्रदान गर्ने कम्पनीको भनाइ छ।

साथै, ग्लोबल आईएमई बैंकको क्रेडिट कार्डमार्फत् बिल भुक्तानी गर्दा १० प्रतिशत (३०० रूपैयाँसम्म), एनसिएचएल नेपाल पे क्युआरमार्फत् भुक्तानी गर्दा १० प्रतिशत (१०० रूपैयाँ) र हरेक शनिबार र बुधबार फलफूल तथा तरकारीको खरिदमा स्मार्ट क्युआरमार्फत् बिल भुक्तानी गर्दा १५ प्रतिशत (१५० रूपैयाँ) सम्म तत्काल छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ।

प्रत्येक ७५० रूपैयाँ वा सो भन्दा बढीको खरिदमा पुरस्कारहरूको लागि लक्की ड्रमा प्रवेश गर्न सकिने कम्पनीले बताएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिन्द्राको दसैँ अफर : ट्र्याक्टर खरिदमा चार लाखसम्म जित्न सकिने

काठमाडौं । महिन्द्रा अटोमोबाइल्सले दसैँ, तिहार र छठलक्षित ‘महिन्द्र उत्सव २०२४’ अफर योजना सार्वजनिक गरेको …

प्रतिकृया दिनुहॊस