काठमाडाैं । चन्द्रागिरि केबलकार तिहारको भाइटीकाको दिनमा समेत खुला हुने भएको छ । चन्द्रागिरि केबलकार लगायतका अन्य सेवाहरु तिहार विदाका सम्पूर्ण दिनहरूमा संचालनमा आउने चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।
दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्यपर्यटकहरूको सुविधालाई ध्यानमा राखेर विदाको दिनमा सेवा दिने निर्णय चन्द्रागिरि हिल्स व्यवस्थापनले लिएको हो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको छ ।
प्रतिकृया दिनुहॊस