‘कार्टुन क्रु’की आश्मा राजेश हमालसँग सिनेमा खेल्ने!

काठमाडाैं । नेपालको चर्चित डान्स ग्रुप ‘कार्टुन क्रु’की आश्मा विकको फ्यान फलोइङ निकै राम्रो छ । उनको चर्चा नेपालमा मात्रै नभएर नेपालबाहिर पनि हुने गर्छ । विशेष त विबोइङ डान्सबाट धेरैलाई प्रभावित पार्न सफल आश्मा विभिन्न वेब सिरिजमार्फत अभिनयमा पनि सक्रिय छिन् ।

आश्मालाई बेलाबखतमा सिनेमाको अफर पनि पुग्ने गर्छ । तर अहिलेसम्म आफूलाई चित्त बुझ्दो स्क्रिप्ट नपाएकोले सिनेमा नखेलेको उनी बताउँछिन् । सोमबार काठमाडौँमा वेब सिरिज ‘यू एण्ड आइ’ को म्युजिकल ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित आश्माले आफूलाई चित्त बुझ्दो स्क्रिप्ट नै नआएको बताइन् । ‘तपाईं कस्तो सिनेमा खेल्न चहानुहुन्छ?’ भन्ने पत्रकारहरुको जिज्ञासामा आश्मा भन्छिन्, ‘लव स्टोरीका साथमा आफ्नो जनरामा काम गर्ने खालको सिनेमा भए म खेल्छु ।’

विशेषतः सरोजसँगको जोडीबाट चर्चित आश्मालाई सिनेमामा आफ्नो हिरो चाहिँ को होस् भन्ने रहर छ भनेर सोधिएको प्रश्नमा कथाले मागेमा जो नायकसँग पनि खेल्न तयार रहेको बताइन् । राजेश हमालसँग सिनेमाको कथाले मागेमा खेल्नु हुन्छ भन्ने प्रश्नमा निकै बेर हासेकी आश्माले सुहाउँछ भने त्यो भूमिकामा खेल्न म तयार छु । उनले यो तिहारमा राजेश हमाललाई भाइटीका लगाउन मन भएको पनि बताइन् ।

कान्तिपुर एचडीमार्फत आउने वेबसिरिज यु एण्ड आइमा आश्माको साथमा सन्नि सिंह, श्याम राई, बिशार राई, निकोलस अर्याल, तमन्ना केसी, जित तामाङ लगायतका कालकारहरुको अभिनय रहेको छ । मिडिया स्केपको ब्यानरमा निर्माण वेब सिरिजलाई सरिन पोखरेलले निर्देशन गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस