तपस्वी बमजनलाई थुनामा पठाउन जिल्ला अदालतको आदेश

काठमाडौं । जिल्ला अदालत सर्लाहीले तपस्वी रामबहादुर बमजनलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतमा बमजनले १२/१४ वर्षीय किशोरीलाई बलात्कार र यौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भएको थियो । सोही अभियोगमा पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधवार राति सर्लाही पठाएको थियो ।

उनी विरुद्ध तीन जिल्लामा मानिस बेपत्ता पारेको तथा जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री