तपस्वीको घरमा भेटियो पैसाको थुप्रो, यी हुन् अरु ९ सामान

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद भएको छ । यो पैसामाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

त्यसैगरी प्रहरीले उनको घरबाट १४ थान मोबाईल, ५ थान आईप्याड, २ वटा गाडी र ४ वटा मोटरसाईकल पनि फेला पारेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस