केकमा गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने मानन्धर घट्टेकुलोबाट पक्राउ

काठमाडौं । नयाँ तरिकाबाट अवैध लागुऔषध गाँजाको बिक्री वितरण हुने गरेको तथ्य रहश्य खुलेको छ । केकमा गाँजा मिसाएर अनलाइनमार्फत बिक्री वितरण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं–२९ घट्टेकुलोका २६ वर्षीय विशन मानन्धर छन् । उनलाई शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले घरैबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा बम्ब डट ओआएनजी अण्डर स्कोर नामक अकाउन्ट बनाइ अवैध रुपमा विज्ञापन गर्दै अनलाइनमार्फत् गाँजाको बिक्री वितरण गर्ने गरेको ब्यूरोका एसपी तथा प्रवक्ता चक्रराज जोशीले जानकारी दिए । उनले लागु औषध मुफिन समेत प्रयोग गरेर केक बनाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

मानन्धरको कोठाबाट १२१ ग्राम धुलो गाँजा समेत बरामद भएको छ । त्यस्तै तयारी अवस्थाको केकको झोला १७८ ग्राम, ३ किलो ७५४ ग्राम गाँजा, लागुऔषध जोख्ने डिजिटल तराजु पनि बरामद भएको छ । विगत एक वर्षदेखि उनले गाँजा मिसाएर केकलगायत विभिन्न प्रकारका खानेकुरा बनाएर अनलाइनमार्फत बेच्दै आएको अनुसन्धानबाट खुलेको छ । गाँजा मिसाएर बनाउने गरेका परिकारका मेनुहरू समेत फेला परेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

करेन्ट लगाएर माछा मार्न गएका वडा सदस्यसहित पाँचजना पक्राउ

काठमाडाैं । करेन्टको प्रयोग गरी अवैध तरिकाले माछा मार्न गएका वडा सदस्यसहित पाँच जनालाई वडा …

प्रतिकृया दिनुहॊस