एभरेष्ट बैंकले ल्यायो ‘भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सेवा

काठमाडौं । एभरेष्ट बैंकले ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सेवा सुरु गरेको छ । बैंकले बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना क्यूआर मर्चेन्टहरुका लागि ‘कोइली’का माध्यमबाट भुक्तानी भएको आवाजबाट जानकारी दिने सेवा सुरु गरेको हो ।

कोइलीसँगै बैंकको ‘इन्स्ट्यान्ट अडिओ पेमेन्ट नोटिफिकेसन (आईपीएन) टर्मिनलबाट मर्चेन्टहरुले पेमेन्ट अलर्ट नेपाली, नेवारी, मैथिली, भोजपुरी वा अंग्रेजीमा पाउनेछन् । क्यूआर स्क्यानमा गडबडी भएमा वा मेसेजबाट अलर्ट ढिलाइ हुनसक्ने आकलनसहित बैंकले कोइलीसँग सहकार्य गरेको बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री