१० वर्षीया बालिका घरबेटीबाटै बलात्कृत

काठमाडौं । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङको सुन्दरहरैँचाबाट एक जना पक्राउ परेका छन् । सुन्दरहरैँचा नगरपालिका-१० का ५५ वर्षीय पदम मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

धनकुटा घर भएकी बालिकाका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । डेरामा बस्दै आएकी बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अभिभावकले देखेपछि घटना बाहिर आएको हो । डर र क्रास देखाएका कारण बालिकाले घटनाका बारेमा अभिभावकलाई सुनाउन नसकेको प्रहरीले बताएको छ । बालिकाको उपचार र स्वास्थ्य परीक्षणका लागि धरान लगिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप