तरुल खोज्न सँगै जंगल गएका साथीको हत्या

काठमाडाैं । पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा एक व्यक्तिले ढुङ्गा फुटाउन प्रयोग हुने फलामको औजार (सब्बल) प्रहार गरी साथीको हत्या गरेका छन् । जिल्ला प्रहरीका कार्यालय पर्वतका अनुसार ३५ वर्षीय प्रेमबहादुर नेपालीले देउपुरस्थित टापुको सामुदायिक वनमा आइतबार ४० वर्षीय उदय रिजालको हत्या गरेका हुन् ।

आइतबार दिउँसो जंगलमा गम्भीर अवस्थामा फेला परेका रिजाललाई उपचारका लागि पर्वत अस्पताल ल्याइएको थियो । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत्यु घोषणा गरेका प्रहरी निरीक्षक अविनाश दीप जिसीले बताए । घटनामा घाइते भएका ४० वर्षीय श्रीराम शर्मालाई उपचारका लागि पोखरा पठाइएको छ ।

प्रहरी निरीक्षक जिसीका अनुसार तरुल खोज्ने भन्दै तीन जना सामुदायिक वनमा गएका थिए । नेपालीले रिसिइबीका कारण रिजालको हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । रिजालमाथि सब्बल प्रहार गरेपछि प्रत्यक्षदर्शी शर्मालाई समेत उनले गल प्रहार गरेका थिए । घाइते शर्माले भने भागेर ज्यान जोगाएको प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस