नयाँ वर्ष सन् २०२४ सुरु, संसारभर भव्य स्वागत

काठमाडौँ । अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ । ईस्वी संवतकाे नयाँ वर्ष सुरु भएको खुसियालीमा आज विश्वभर नै विभिन्न कार्यक्रम हुँदैछन् । पछिल्लो समय नेपालमा पनि यसको प्रभाव बढ्न थालेको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौरहा, लुम्बिनीलगायतका ठाउँमा आइतबार साँझ ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन् । अंग्रेजी नयाँ वर्षको पहिलो दिन नेपालमा पनि घुमघाम गर्ने, पिकनिक खान जाने क्रम बढ्दै गएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको थियो । अहिले विश्वव्यापी रुपमा ईस्वी सम्वत प्रयोगमा छ । नेपालमा यो सम्बत प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।

अंग्रेजी नयाँ वर्ष पहिलो पटक किरिबाटीमा प्रवेश गरेको थियो । त्यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको थियो । अस्ट्रेलिया र जापानमा पनि नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको छ । विश्वरभर नयाँ वर्षलाई भव्य स्वागत गरिँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस