पटका पट्काउँदै हुनुहुन्छ? होसियार प्रहरीको फन्दामा परिएला नि

काठमाडाैं । हिन्दुहरूको चाड तिहार सुरु भएसँगै प्रहरीले तिहारको समयमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष सुरक्षा व्यस्थासमेत अपनाइसकेको छ । रमाइलो गर्ने बहानामा जुवातास खेल्ने, पटका पड्काउने र होहल्ला गर्नेलाई सार्वजनिक अपराधदेखि विस्फोटक पदार्थ ओसारपसारसम्मको मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले कहीकतै पटका, भुइचम्फालगायतका विस्फोटक पदार्थ पट्काउने तथा बिक्री वितरण गर्नेलाई तत्काल कारबाही गर्ने सिभिल प्रहरी परिचालन गरेको परिसरका प्रमुख एसएसपी वसन्त लामाले बताए । एसएसपी लामाले भने, ‘हामीले तिहारलाई सुरक्षित बनाउने तयारी गरेका छौँ । कसैले पनि पटकालगायत प्रजल्वशील पदार्थ पट्काए तत्काल समातेर कारबाही गर्छैं ।’

प्रहरीले राजधानी भित्रिने विभिन्न नाकामा पटकालगायतका पदार्थको चेकिङमासमेत कडाइ गरेको प्रहरीको दाबी छ । अहिलेसम्म प्रहरीले लाखौँको पटकासमेत बरामद गरेको एसएसपी लामाले जानकारी दिए । ‘तपाईँको टोलमा कसैले पटका पट्काएको सुन्नु भयो भने हामीलाई खबर गर्नुहोला तुरुन्त कारबाही गर्छौँ ।’ -एसएसपी लामाले भने ।

त्यस्तै प्रहरीले देउसीभैलो खेल्न पनि निश्चित समय तोकेको छ । रातीको समयमा १० बजेदेखि देउसी भैलो खेल्न नखेल्नसमेत अनुरोध गरेको छ । एसएसपी लामाले भने, ‘सुरक्षाको मध्यनजर गर्दै रातीको समयमा देउसीभैलो नखेल्न अनुरोध गरेका हौँ ।’ जुवातास र ओखर खेल्ने समूहको पनि प्रहरीले  निगरानी बढाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस