बिल काटेको सबै महसुल असुल्छौं : कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिल काटेका सबै महसुल असुल्ने जनाएको छ ।

सम्पूर्ण महसुल बक्यौता उठाउने तयारीमा रहेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले ०७२ साउनदेखि ०७२ पुससम्मको र लोडसेडिङ अन्त्यभएपछिको विषयमाभने महसुल लिने कि नलिने नियामक निकायले निर्णय गरिदिनु पर्ने जनाए ।

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूको २०८० मंसिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ छ ।

यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन काटिएका ९ वटा ठूला उद्योगको रहेको प्राधिकरणले जनाएको छ । बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः काट्दै जाने पनि प्राधिकरणले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले बंगलादेशमा बिजुली बेच्दै, प्रतिमहिना ३३ करोड आम्दानी हुने

काठमाडौँ । नेपालले पहिलो पटक शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात गर्दैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले विजुली बंगलादेश पठाउन लागेको हो ।

प्रतिकृया दिनुहॊस