ब्रिटिश एकेडेमीमा निःशुल्क कार्यशालासहित डिप्लोमा इन इन्टेरियर डिजाइनमा भर्ना सुरू

काठमाडौं । ब्रिटिश एकेडेमी अफ आर्टस् एण्ड डिजाइनले पुस १ गते एक दिने निःशुल्क कार्यशाला कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा इन्टेरियर डिजाइनमा रुचि राख्ने कक्षा १२ उत्तीर्ण, साथै स्नातक, स्नातकोत्तर डिग्री उत्तीर्ण भएका विद्यार्थीहरूको सक्रिय सहभागिता थियो।

उक्त सहभागीतामा विद्याथीहरूले यस अध्ययनमा रुची देखाउँदै उत्सुकताका साथ सहभागी भई आफ्ना सिकाइहरूलाइ अनुभवको रूपमा वर्णन गरे। यस शिक्षालाई पेशागत रुपमा उपयोग गर्न सकिने र ८० भन्दा धेरै देशमा रोजगारी प्राप्त गर्न सकिने गरी सक्षम र सक्रिय विद्यार्थीहरूको उत्पादन गर्न योग्यता प्राप्त र अनुभवी शिक्षकहरूद्वारा कक्षा सञ्चालनमा आएको छ।

कार्यक्रममा इन्टेरियर डिजाइन एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष सानुराजा सिल्पकारद्वारा मन्तव्य राखिएको थियो। उनले यस्तो प्रेरणदायी कार्यक्रम आयोजना गरिएकोमा ब्रिटिश एकेडेमी अफ आट्र्स एण्ड डिजाइनको प्रशंसा गर्दै यस शिक्षाले व्यवहारिक शैक्षिक पहल हुनुपर्नेमा जोड दिए।

ब्रिटिश एकेडेमी अफ आट्र्स एण्ड डिजाइनका अध्यक्ष सन्दिपा तामाङले यस शिक्षाले विद्यार्थीहरूको समग्र विकास र रोजगारीमा प्रभावकारी रहने भन्दै यसको महत्वलाई प्रकाश पारे। ब्रिटिश एकेडेमी अफ आट्र्स एण्ड डिजाइन, सिटी एण्ड गिल्ड्स (युके) सँग सम्बद्ध, एक शैक्षिक संस्था हो जसले इन्टेरियर डिजाइनको प्रशिक्षण र शिक्षा प्रदान गर्दछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस