मुक्तिनाथ विकास बैंकले नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ हाउसले आफ्नो १५औँ वार्षिक उत्सवको अवसर पारेर मुक्तिनाथ विकास बैंकलाई सम्मान गरेको छ । मुक्तिनाथ विकास बैंक सर्वाधिक विद्युतीय काराबार गर्ने विकास बकका रूपमा सम्मानित भएको हो ।

काठमाडौंमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले पुरस्कार ग्रहण गरेको बैंकले जनाएको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसामा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ । त्यस्तै प्रिपेड डलर कार्ड, अनलाइन कर्जा आवेदनलगायतका सुविधा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस