अल्टिमा लाइफस्टाइल बन्यो सबैभन्दा छिटो कारोबार वृद्धि गर्नेे नेपाली एसेसरिज ब्रान्ड, २०२३ मा ७ सय प्रतिशले बढ्यो व्यापार

काठमाडौँ । अल्टिमा लाइफस्टाइल, तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७ सय प्रतिशतले वृद्धि गरी सबै रेकर्ड तोडेको छ ।

यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरे लगत्तै, अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको छ । यी सबैलाई पछ्याउँदै अल्टिमाले यस वर्षको ‘दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको हो ।

प्रमुख छनोट मापदण्डहरूमा जोड दिँदै, यो प्रतिष्ठित अवार्डले दराज मार्केट प्लेसमा उत्कृष्ट प्रदर्शन र योगदानहरूलाई मान्यता दिन्छ ।
आफ्नो उल्लेखनीय विक्री आँकडा, ग्राहक सन्तुष्टि, र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरूबीच अल्टिमा लाइफस्टाइल माथि उठेको छ ।

यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमा अल्टिमाको उपस्थितिलाई बलियो बनाउँछ र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई उजागर गर्दछ ।

दराजको सेलर अफ द इयर अवार्डको छनौट मापदण्ड

ग्राहक अनुभवः अल्टिमा लाइफस्टाइलले ग्राहकको सन्तुष्टिलाई निरन्तर प्राथमिकता दिँदै, एक उत्कृष्ट किनमेल अनुभव प्रदान गरेको छ ।

नयाँ पहलहरूः कम्पनीले नयाँ उत्पादनहरू, अभियानहरू र पहलहरू सुरू गरेर नवीनता र प्रतिक्रियात्मकता प्रदर्शन गरेको छ ।

अर्डरहरूः अल्टिमा लाइफस्टाइलले सन् २०२३ मा दाराजमा अत्यधिक २६ हजारभन्दा बढी अर्डरहरू प्राप्त गरेको छ, जसमा नोभेम्बरमा मात्र उल्लेखनीय १३ हजारभन्दा बढी अर्डरहरूसहित, त्यस महिनामा अन्य विक्रेताहरू माझ उच्चतम् अर्डरहरूको लागि रेकर्ड कायम गरेको छ ।

कुल व्यापारिक मूल्य : कम्पनीको कुल व्यापारिक मूल्य गत वर्षको तुलनामा २०२३ मा ७ सय प्रतिशतले असाधारण वृद्धि गरि व्यापारको बलियो प्रदर्शन गरेको छ ।

वार्षिक वृद्धिदर : अल्टिमा लाइफस्टाइलले निरन्तर सुधार र विस्तारको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै, वार्षिक कारेबारमा वृद्धि गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३० दिनभित्र दोहोरो पद छोड्न सहकारी सञ्चालकलाई निर्देशन

काठमाडौँ । सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने …

प्रतिकृया दिनुहॊस