सात दिनभित्र हाजिर नभए २१ प्रहरीलाई सेवाबाट हटाइने (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका २१ प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

प्रहरी महानिरीक्षकको कार्यालयले बुधबार सूचना जारी गर्दै एकजना प्रहरी वरिष्ठ हवलदार, पाँचजना प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान र दुईजना प्रहरी कार्यालय सहयोगी एक महिनाभन्दा बढी समयदेखि आफूखुसी गैरहाजिर रहेकाले उनीहरूलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिइएको सूचनामा उल्लेख गरिएको छ ।

सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार उनीहरूलाई सेवाबाट हटाइने पनि प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानले स्थापित गरेको संविधानले …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds