आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरुरी छैन : प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाममुखी काम गर्न नसके पदमा नबस्ने दाबी गरेका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले देशमा सकारात्मक आशा जगाउन नसके आफूले पनि पद ओगटिरहन नमिल्ने बताएका हुन् ।

उनले मन्त्रीहरूलाई पनि कार्यक्षमता प्रमाणित गर्न नसके पद छाड्नुपर्ने बताए । ‘मन्त्रीहरूलाई भन्न चाहन्छु हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्ने अवस्था र मनस्थितिमा छैन । हामी सबैले आआफ्नो भूमिका न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं,’ प्रधानमन्त्रीले भने, ‘कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन छाडदिनुपर्छ । यो मैले अरूलाई उपदेश दिएको मात्र होइन, आफैंसँग गरेको वाचा पनि हो । देशमा सकारात्मक आशा जगाउन नसके मैले पनि पद ओगटिरहने जरुरी छैन ।’

हेर्नुहोस् पूर्णपाठ :- पूर्णपाठ

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस