देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटीअनुसारको परिणाम नआएको बताए । आफ्नो नेतृत्वमा सरकार गठनको एक वर्ष पुगेको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटीअनुसार हुन नसकेको स्वीकार गरेका हुन् ।

उनले सरकार असफल भने नभएको बताए । ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआई जडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ । प्रधानमन्त्री कार्यालयमा रहेको एक्शन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले शुरु गरिसकेको छु । आज म देशबासीमा स्वीकार गर्दछु कि सरकार असफल त भएन तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन,’ प्रधानमन्त्रीले भने, ‘देश कति बन्यो होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु । यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु, अब सरकारको कार्यशैली बदलिने छ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस