पोखरा प्रिमियर लिगको उपाधि भिडन्त आज

काठमाडाैं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधिका लागि आज घरेलु टिम पोखरा पल्टन र चितवन राइनोज भिड्दै छन् । पोखरा संगशालामा हुने खेलको विजेताले घरेलु क्रिकेटको इतिहासमै सर्वाधिक २७ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

लिग चरणमा ५ मध्ये ३ खेल जितेको शरद भेषावकरको कप्तानीमा रहेको पोखराले तालिकाको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा ठाउँ बनाएको हो ।

उता, पारस खड्काको नेतृत्वमा रहेको चितवनले लिग चरणमा ३ खेल जिते पनि रनरेटमा पछि परेपछि फाइनल प्रवेशका लागि प्ले अफमा जानु परेको थियो । प्ले अफमा चितवनले ज्ञानेन्द्र मल्ल नेतृत्वको काठमाडौंलाई हराएको थियो ।

यसअघि धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा कप्तानका रुपमा पारस र शरद भिडिसकेका छन् । पीपीएलमा पनि सुरुवाती संस्करणकै उनीहरु उपाधिका लागि भिड्न लागेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले कुवेतलाई १६५ रनले हरायो

काठमाडौं । युएईमा जारी महिला यु १९ टि ट्वान्टी विश्व कप एसिया छनोटमा कप्तान पूजा महतोको कीर्तिमानी शतक तथा महत्वपुर्ण ५ विकेटको सहयोगमा नेपालले कुवेतलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा नेपालले कुवेतलाई १ सय ६५ रनले पराजित गर्यो ।

प्रतिकृया दिनुहॊस