मन्त्री फेरेरै भएपनि कामको परिणाम निकाल्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले परिणाम नआए मन्त्रीहरू फेरेर भएपनि जनतालाई सेवा दिने गरि परिणाम निकाल्ने बताएका छन् । मोरङको मिक्लाजुङ ५ मा माओवादीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले काम नगर्ने मन्त्रीहरुलाई फेर्ने बताएका हुन् ।

उनले आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने बताए । उनले भने, ‘त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्छु ।’ उनले प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भएपनि कामलाई गति दिने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले लाभाखोला वृहत खानेपानी योजना सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरे । यस्तै चुलाचुली, मिक्लाजुङ, लेटाङ सडक योजना अगाडि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । उनले उर्लाबारी, मधुमल्ला र दारेगौंडा सडक निर्माणको अधुरो योजनालाई अगाडि बढाउने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालकाअनुसार शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहॊस