करेन्ट ओरिएन्टल फ्लेभर नुडल्स बजारमा

काठमाडौँ । नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ ।

नेपालकै पहिलो ओरिएन्टल स्वादको यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध रहेको जनाइएको छ । जसको बजार मुल्य प्रति प्याकको रु. ६० र फेमिलि प्याकको रु. ३०० रहेको छ ।

उपत्यका भित्र तथा बाहिरका भाटभटेनीमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको आजदेखि फ्री टेस्टिङ्ग भैरहेको छ । नुडल्सको फ्री टेस्टिङ्ग १५ दिनसम्म चल्ने कम्पनीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री