विमानको शौचालयमा नवजात शिशु मृत फेला, महिला पक्राउ

काठमाडौं । युएईबाट काठमाडौं आएको विमानको शौचालयमा नवजात शिशु मृत भेटिएको छ । युएईको सारजाहबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको एयर अरेबिया जहाजको शौचालयमा शिशु मृत भेटिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले एक महिला यात्रुले विमानको शौचालयमा बच्चा जन्माएको पाइएको बताए । उनले भने ‘शिशु शौचालयमा मृत अवस्थामा फेला परेको थियो । शिशु हेर्दा समय नपुगी जन्मेको जस्तो देखिन्छ । घटनापछि प्रहरीले एक महिला यात्रुलाई पक्राउ गरी अस्पताल लगेको छ ।’

घटनापछि प्रहरीले शिशु र ती महिला दुवैलाई अस्पताल पुर्‍याएको उनले बताए । महिलाको परिचय खुलेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री