एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलबाट कर असुल गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले एनसेलले बुझाउनुपर्ने कर तत्काल असुल गर्न सरकारलाई निर्देशन दिएको हो ।

बैठकले एनसेलको शेयर खरिदब्रिक्री सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन नआउँदासम्म रोक्न पनि निर्देशन दिएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनका अनुसार समितिको बैठकले २०८६ मा एनसेललाई सरकारको मातहत ल्याउन पनि निर्देशन दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप