कामना सेवा विकास बैंक र शेयरप्रो सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंकले नेपाल धितोपत्र बोर्डबाट इजाजतप्राप्त ब्रोकर कम्पनी शेयरप्रो सेक्युरिटिज प्रा. लि सँगको एक सम्झौता गरेको छ ।

‘फाइभ इन वान’ सेवा सम्झौताअनुसार बैंकका ग्राहकले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, सि -आस्वा र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्न सक्नेछन् ।

उक्त सेवा मार्फत् आफ्ना ग्राहकहरुलाई सरल रुपमा सेयर कारोबार गर्न सहज हुने बैंकको विश्वास छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री