कोरियामा नेपाली मोडललाई अवार्ड

काठमाडौं । ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालले अवार्ड जितेको छ । नेपालबाट अवार्डमा सहभागि भएका मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले नेपालका लागि अवार्ड प्राप्त गर्न सफल भएका हुन् ।

विक्रम र रुविष्का श्रेष्ठले ‘ब्राण्ड अनररी एम्बेसडर अफ एलबिएमए’ जिते । त्यस्तै अदीति अधिकारले ‘फेसनिन्स्टा एण्ड ब्राण्ड अनररी एम्बेसडर फर जे जुन कस्मेटिक प्रोडक्ट’ र आदर्श ज्ञावलीले ‘बेस्ट पर्सनालिटी’ अवार्ड जिते ।

कोरियोको इन्चियोनको सोङडो अन्तर्राष्ट्रिय व्यापारिक जिल्लाको ओर्ड फाइनल ग्राण्ड हायात इन्चीयोनमा २८ अक्टोबरदेखि १ नोभेम्बरसम्म आयोजित कार्यक्रममा यी सहभागीले नेपाललाई त्यहाँ प्रस्तुत गरेका थिए । अदिति ‘मोडल हन्ट २०१८’की महिला विजेता हुन् । रुविष्का र आदर्श सोही कार्यक्रमको फस्ट रनरअप र थर्ड रनरअप बिजेता हुन् ।

विक्रम ‘हन्ट नेपाल २०१७’का विजेता हुन् । उनी २०१८ कै एशिया मोडल फेस्टिभल फेस अफ नेपालका बिजेता पनि हुन् । सबै सहभागी नेक्स्ट मोडल्स नेपालको समन्वय तथा व्यवस्थापनमा कार्यक्रममा सहभागी भएका नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आठौं संस्करणको निम अवार्डका लागि आवेदन खुला

काठमाडौं । आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्डको आवेदन खुला गरिएको छ । अवार्डका …

प्रतिकृया दिनुहॊस