निफ्रा बैंकले घटायो निक्षेपको ब्याजदर, आजैदेखि लागू

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निक्षेपको ब्याजदर घटाएको छ । घटाएको निक्षेपको ब्याजदर आजैदेखि लागू भएको हो ।

बैंकले आज सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार ५ वर्ष वा सोभन्दा माथिको शुभ पूर्वाधार खातामा व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत व्याजदर कायम गरेको छ।

बैंकले यसअघि उक्त खातामा व्यक्तिगततर्फ १० प्रतिशत र संस्थागततर्फ ८.१५ प्रतिशत ब्याजदर कायम गरेको थियो। त्यस्तै, बैंकले प्रोजेक्ट लोनमा ११ प्रतिशतदेखि १३ प्रतिशतसम्म, ब्रिज ग्याप लोनमा प्रोजेक्ट लोनको भन्दा ०.५ प्रतिशत बढी ब्याज निर्धारण गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप