महालक्ष्मी विकास बैंकले घटायो ब्याजदर

काठमाडाैँ ।महालक्ष्मी विकास बैंक ले पनि आफनो ब्याजदर घटाएको छ । बैंकले आज मंसिर २८ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो।

बैंकले यसअघि साधारण बचत खातामा न्यूनतम ४ दशमलव ४० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ४० प्रतिशतसम्म ब्याजदर कयाम गर्दै आएकोमा अब साधारण बचत खातामा न्यूततम ४ दशमलव ३० प्रतिशतदेखि अधिकतममा ६ दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

त्यस्तै, बैंकले कल डिपोजिटमा २ दशमलव १५ प्रतिशत तथा महालक्ष्मी डलर सेभिङ्ग अकाउन्टमा ३ दशमलव २८ प्रतिशत ब्याजदर कायम गरेको हो । बैंकले मुद्दनि निक्षेपमा व्यक्तिगततर्फ ९ दशमलव ३० तथा संस्थागत तर्फ ७ दशमलव ३० र रेमिट्यान्स मुद्दतीमा १० दशमलव ३० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंकको कार्यालय भवनको भूमि पूजा कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले काठमाण्डौं जिल्ला का.म.न.पा वडा न. ३०, ज्ञानेश्वरमा आफ्नो कार्यालय भवन …

प्रतिकृया दिनुहॊस