काठमाडौँमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो

काठमाडौँ । काठमाडौँको नक्सालमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ । मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बिच उक्त स्टुडियोको समुद्घाटन गरिन् ।

समुद्घाटनमा मिस नेपाललगायतका सौन्दर्यहरुको उपस्थिति रहेको जनाइएको छ । सन् २०२३ मा फेमिना मिस भारत ताज जितेकी नन्दिनी मिस भारत वर्ल्ड २०२३ पनि हुन् ।

काठमाडौँको जे एण्ड के स्टुडियो प्रालि र सौन्दर्य प्रशाधनका क्षेत्रमा लामो इतिहास बोकेको फेमिना ब्राण्डको होल्डिङ समूह भारतको चर्चित टाइम्स इण्डिया ग्रुपसँगको सहकार्यमा फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको जनाइएको छ । यो सेवा विश्व बजारमा विस्तार गर्दै लैजाने अभियानको प्रारम्भिक शुभारम्भ नेपालबाट गरेको बताइएको छ ।

समयको मागलाई दृष्टिगत गरी फेमिना फ्ल्न्ट स्टुडियो सलुन स्थापना गरिएको प्रवन्ध निर्देशक कुशुमाञ्जली केसी श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार यो स्टुडियो सौन्दर्य प्रशाधनका क्षेत्रमा एकेडेमीको रुपमा रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘Experience Toyota २०८१’ असार ५ बाट सुरु, १२ वर्ष सम्मको बैंकिंग फाइनान्स

काठमाडौँ । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि ले असार ५ …

प्रतिकृया दिनुहॊस